Listen LIVE

माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

सुर्खेत : घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुर्भाकोट नगरपालिका–७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

बिहीबार माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रूपेश खड्काले बताए ।

उनका अनुसार वली खोलाको छेउमा माटो खन्न गएकी थिइन् । मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया