Listen LIVE

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कैलाली : कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु भएको छ । कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प. २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४, भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो ।

दुर्घटनामा भाट गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत्यु घोषणा गरेको हो । बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढा ऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया