Listen LIVE

पढाई सिपको बिकास गर्न विद्यालयलाई सिकाई सामग्री हस्तान्तरण

नेपालगञ्ज : बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बर्दिया जिल्लाको मधुवन र राजापुर नगरपालिका भित्रका विद्यालयहरूलाई शैक्षिक सिकाई सामग्री हस्तान्तरण गरिएको छ । 

बाल विकास र प्रारम्भिक तहमा अध्यनरत बिधार्थीको सिकाई क्रियाकलापलाई बाल केन्द्रित तथा रमाइलो बाताबरण तयार गर्नका साथै पढाईप्रति रुची जगाउन, पढाई सिपको बिकास गर्न र सब्द भण्डारको बृद्धि गर्ने उदेश्यले सिकाई सामग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।  सो सामाग्रीले प्रारम्भिक कक्षा र बाल विकास कक्षामा अध्ययनरत बाल बालिकाहरूको रुचि बढाउनुका साथै कक्षामा निरन्तरता दिन प्रेरित गर्ने छ ।

हस्तान्तरण गरिएका सिकाई सामग्रीहरुमा बाल विकास कक्षाका लागि शैक्षिक सामग्रीको सेट, भण्डारण बाकस, काठको र्याक र कक्षा १, २ र ३ का लागि ५०–५० थान कथाको पुस्तकहरू रहेका छन् । यी सामग्रीहरूले बालबालिकाहरूको सिकाइमा रुचि बढाउने, अध्ययन सीप विकास गर्ने र शब्द भण्डार विस्तार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताए । 

सामग्री हस्तान्तरण कार्यक्रममा प्लान इन्टरनेसनल नेपालकी शिक्षा सल्लाहकार शान्ति थापाले सामग्रीको महत्व र तिनलाई कक्षामा कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिए । बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकेले औपचारिक रूपमा विद्यालयहरूलाई सामाग्री हस्तान्तरण गरेका थिए । 

सिकाई सामाग्री प्राप्त गरेपछि विद्यालयका शिक्षकहरूले सामग्रीलाई सिकाइ प्रक्रियामा अधिकतम प्रयोग गर्ने तथा स्थानिय रूपमा थप शैक्षिक सामग्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सिकाई सामाग्री बितरण सुरक्षा परियोजनाअन्तर्गत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा र सुरक्षित, रमाइलो सिकाइ वातावरण प्रदान गर्ने प्रयासको निरन्तरता भएको जनाईएको छ । 

कार्यक्रममा फिल्ड सुपरभाइजर सबित्रा भाट र प्रमिशा थारुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया