Listen LIVE

बाँकेको राप्तीसोनारीमा माघ मिलन कार्यक्रम गरिँदै

नेपालगञ्ज : बाँकेको राप्ती सोनारीमा माघ मिलन कार्यक्रम गर्ने तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय धामपुरको प्रांगनमा यही पुष २७ गते माघ मिलन कार्यक्रम गरिने भएको हो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । माघ मिलन कार्यक्रममा १५ बढी गाउँका विभिन्न खालका थारु सँस्कृति झल्किने नृत्य प्रस्तुत गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष संगिता थारुले जानकारी दिइन् । उक्त कार्यक्रममा थारु परिकार जस्तै ढिक्री, घोघी, खुर्सानीको चट्नी, बंगुरको मासु लगायत परिकार पनि राखिने उनले बताइन् ।

माघ मिलन कार्यक्रमको लुम्बिनी प्रदेशकी सांसद दुर्गा चौधरीले उदघाटन गर्नेछिन् । थारु भाषा, सँस्कृति लोप हुदै गइरहेका बेला त्यसलाई जर्गेना गर्ने उद्देश्यले माघ मिलन गर्न लागिएको अध्यक्ष चौधरीले बताइन् ।

प्रतिक्रिया