Listen LIVE

वागेश्वरी बहुमुखी क्याम्पसमा बुझाईयो ध्यानाकर्षण पत्र

कोहलपुर (बाँके) : मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी क्याम्पसमा त्यहाँ कार्यरत शिक्षक प्रध्यापकहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पस समायोजन भएको ७ वर्ष भैसकेको भएपनि समायोजनका बखत ६ महिनाभित्र अस्थायी र करार शिक्षकहरूलाई विशेष आन्तरिक परीक्षा लिई स्थायी गरिने छ भनेर तत्कालीन सिनेटले पास गरेको विषय लिएर शिक्षकहरुले क्याम्पस प्रमुख दान वहादुर हमाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनीहरुले हालसम्म पनि उक्त प्रक्रियाको थालनी नगरेर अस्थायी शिक्षकको भविष्यमाथि खेलवाड गर्नु आफैमा लज्जास्पद विषय भएको जिकिर गर्दै कुनै पनि संस्था अब्बल बन्नका लागि त्यस संस्थामा कार्य गर्ने शिक्षक कर्मचारीहरूको मनोबल वृद्धि र जागिरको स्थायीत्त्व हुनुपर्ने धारणा ब्यक्त गरेका छन । उनीहरुद्धारा प्रस्तुत गरिएको ध्यानाकर्षण पत्रमा नेतृत्वको ठुलो कमजोरी भएको समेत आरोप समेटिएको छ ।

शिक्षकहरुले समायोजन भएका १० वटा क्याम्पसका करार शिक्षकहरूको भेलाले यथाशीघ्र विशेष आन्तरिकबाट स्थायी गर्ने भन्ने तत्कालीन सिनेटको निर्णय र नियमावलीमा व्यवस्थानुसार प्रक्रिया अगाडि थाल्न पटक पटक क्याम्पस प्रमुख, रजिस्ट्रार र उपकुलपतिज्यूलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उल्लेख गर्दै आन्दोलनको कार्यक्रम अगाडि बढाउने भन्ने निर्णय भएअनुसार आन्दोलनको पहिलो चरण प्रत्येक क्याम्पसका क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उल्लेख गरेका छन् ।

यथाशीघ्र प्रक्रिया अगाडि नबढाए आन्दोलनका अन्य कार्यक्रम गर्न बाध्य हुनेछौँ, आन्दोलनबाट पर्न सक्ने असुविधाको भागिदार स्वयम् नेतृत्व हुने व्यहोरासमेत अनुरोध छ भन्दै शिक्षकहरुले आन्दोलन छेडने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया