Listen LIVE

बाँकेमा छोराले गरे अफ्नै बुवाको हत्या

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको हत्या भएको छ । पारिवारिक स्रोतका अनुसार शनिबार राती करिब ८ बजे उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका (ह्याकर)ले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घटनाको समयमा घरमा परिवारका अन्य सदस्यहरु नभएको र सोही अवसर छोपी भविलालले बुवाको हत्या गरेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटना गम्भीर रहेकाले स्थानीयबासी र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् ।

भबिलाल फरार रहेकोले नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले उनको खोजी भइरहेको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया