Listen LIVE

आज बडा दशैँ, टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

नेपालगञ्ज : नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११ः५३ बजे दसैँको टीकाको शुभसाइत रहेको छ ।

टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ । यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया