नेपालगञ्ज : बर्दियाको ठाकुर बाबा नगरपालिकाका सामाजिक अगुवा महिलाका लागि पाच दिने उदघोषण तालिम सञ्चालन गरिएको छ । घरेलुु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा नारी एकता शक्ति केन्द्र ठाकुरबाबाको समन्वयमा सामाजिक क्षेत्रमा क्रियाशिल २५ महिलाहरुलाई बुधबारदेखि सीप बिकासका लागि सो तालिम आयोजना गरिएको हो ।
तालिमको उदघाटन गर्दै प्रदेश सभा सदस्य एव प्रमुख अतिथि मालती सोढारीले महिलाको नेतृत्व बिकाससंगै आय आर्जन तथा ब्यबसाय प्रवद्र्धनका लागि संचारशिप र वाक पटुता अनिवार्य रहेको आवस्यकता औल्याइन् । सिकेका सीपलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई उनले सुझाव दिइन् । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले महिलाहरुलाई आत्मबल बढाउने शिप कलासङै बजारीकरणको बारेमा पनि जानकारी दिई दक्ष बनाइनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रशिक्षक शुक्रऋषि चौलागाईले संचार सीप र वाक कलाले आत्मबल वृद्धिका साथै नेतृत्व बिकासमा मद्दत पुर्याउने विस्वास व्यक्त गरे । सोही समारोहमा बाटेको धुप बनाउने तीन दिने तालिमको पनि उदघाटन गरिएको थियो ।
घरेलुु तथा साना उद्दोग कार्यालयका उद्यम बिकास सहजकर्ता चिना मगरको सञ्चालन तथा लेखा प्रमुख जगत राम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नारी एकता शक्ति केन्द्रका जग्गादातृ अन्जु भन्डारी, धुप प्रशिक्षक भगवती बस्याल, ठाकुरबाबा नगर पालिका १ का सदस्य सुशीला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा संचार, आम संचार, उदघोषण, उदघोषक, वाक कला, कार्यक्रम सञ्चालन लगायतका विविध पाटोमा प्रशिक्षण दिइने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार