Listen LIVE

१९औं लोकतन्त्र दिवसमा कोहलपुरमा प्रभातफेरी

कोहलपुर (बाँके) : १९औं लोकतन्त्र दिवसका अवसरमा बाँकेको कोहलपुरमा प्रभातफेरी गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना एवं गैर सरकारी संस्था महासंघको समन्वयमा कोहलपुर न्युरोडवाट प्रभातफेरीको आयोजना गरिएको थियो ।

न्युरोडवाट शुरु भएको प्रभातफेरी वाजागाजा सहित नगरका साझाचोक, पिपलचौतारा हुँदै पुन न्यरोड स्थित खुल्ला मञ्चमा सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै कोहलपुर नगरपालिका नगर कार्यपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माले उन्नत लोकतन्त्रको विकल्प अव अरु कुनै पनि शासन ब्यबस्था हुन नसक्ने वताएका छन । उनले जनताका अधिकारीहरु सुनिश्चित गरेको यो ब्यबस्था विरोधिहरु सल्वलाई रहेको चर्चा गर्दै लोकतन्त्र र मानवअधिकारका विगत र वर्तमान अवस्थावारे जनताहरुलाई सुसोचित गर्न ढिलाई गर्न नहुनेमा समेत जोड दिए ।

प्रभातफेरीमा विभिन्न सहकारी सञ्जाल, नेपालगञ्ज मेडिकल कलेज नर्सिङ क्याम्पस, नेपाल प्रहरी, सरकारी तथा गैर सरकारी निकायका ब्यक्तिहरु, विभिन्न लोकतन्त्र पक्षधर दलका प्रतिनिधिहरु, प्याब्सन, एन प्याव्सन, शिक्षाप्रेमी, बुद्धिजिवी, पत्रकार लगाएत सर्वसाधारण ब्यक्तिहरुको सहभागिता रहेको थियो । आजै प्रभातफेरी आयोजक तथा समन्वय गर्ने निकायहरुले बेलका न्युरोड चोकमा दिप प्रज्जवलन गर्ने कार्यक्रम तय गरिएको गैर सरकारी संस्था महासंघका शंकर न्यौपानेले वताए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

विसं २०६२।६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया