Listen LIVE

विपदबाट बच्न कृत्रिम अभ्यास

दैलेख : दैलेखमा विपदबाट बच्न कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा गुराँस गाउँपालिका–२ तल्लो डुङ्गेश्वरमा कर्णाली नदी नजिकै विपदबाट बच्न कृत्रिम अभ्यास गरिएको गरेको हो ।

विपद् व्यवस्थापनको तयारीमा जुट्न सबैलाई गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले आह्वान गरे । उनले विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहयोग महत्त्वपूर्ण रहने बताए ।

यस्तै, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निर्जनकुमार खत्रीले विपद पूर्वतयारी लाग्न सबैलाई आग्रह गरे । उनले मनसुन पूर्वको खोज उद्धार हुनसक्ने जोखिम कम गर्न विपद् प्रतिकार्य अभ्यास प्रभावकारी हुने बताए ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर थापाले यस्ता खाले कार्यक्रमले विपदमा नागरिकको उद्धारमा खेलिने भूमिकाको अभ्याससहित आवश्यक तयारी गनुपर्ने बताए । उनले कृत्रिम अभ्यासले सचेतना बढाउन सहयोग पुग्ने बताए ।

कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया