Listen LIVE

हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हिमपात

हुम्ला : हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार रातिबाट पानी पर्न सुरु भएपछि शु्क्रबार बिहानदेखि ती क्षेत्रमा हिमपात भएको हो । 

सदरमुकाम सिमकोटभन्दा माथिका उच्च डाँडा तथा हिमालहरुमा हिमपात भएको सिमकोट गाउँपालिका–२ का लोग भण्डारीले बताए । सदरमुकाम सिमकोटको पश्चिमतर्फको बोक्सीडाँडा, पञ्चमुखी, रलिङ हिमालमा हिउँ परेपछि सेताम्मे देखिएका उनले बताए । 

त्यसैगरी नाम्खा गाउँपालिका सबै वडाका उच्च क्षेत्रमा पनि हिमपात भएको वडा नम्बर ६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए । बिशेषगरी नारा, न्यालु, लाप्चा क्षेत्रमा हिमपात भएपछि जमिन सेताम्मे देखिन थालेको छ । अब हिउँद लाग्न सुरु भएको बताउदै उनले यस वर्षको पहिलो हिमपात सुरु भएको बताए । 

जमिनमा चार इन्चीसम्म हिउँ जमेको बताउँदै मौसम सफा भए चाँडै सो हिउँ पग्लिने उनले बताए । यो पछिल्लो वर्षाको पहिलो दिनमै हिमपात भएको छ । अग्ला डाँडा र हिमालमा हिमपात सुरु भएपछि चिसो बढेको छ ।

प्रतिक्रिया