बर्दिया : लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–७ का २० वर्षीय गंगा सागर थारु र वडा नंम्बर ५ का २६ वर्षीय दिपेन्द्र कुमार थारु रहेका छन् ।
भारतीय बलई गाउँबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको साथबाट ३ ग्राम ३ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरौ रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
2025-06-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार