Listen LIVE

कापी उद्योगमा तीन करोड लगानी

दाङ : दाङमा कापी उद्योगमा लगानी बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार विगत डेढ दशकको अवधिमा जिल्लामा साढे तीन करोडभन्दा बढी रुपैयाँ कापी उद्योगमा लगानी भएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिका अन्तर्गत विभिन्न ठाउँमा स्थापना भएका १६ वटा कापी उद्योगमा तीन करोड ५१ लाख ५१ हजार बढी रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ । 

सूचना अधिकारी पौडेलका अनुसार तुलसीपुरमा आठ वटा कापी उद्योगमा एक करोड ९० लाख १५ हजार र घोराहीमा स्थापना भएका आठ वटा कापी उद्योगमा एक करोड ६१ लाख ३६ हजार रुपैयाँ लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसारका स्थिर पुँजी एक करोड ५२ लाख ६८ हजार आठ सय र चालु पुँजी एक करोड ९८ लाख ८२ हजार दुई सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया