Listen LIVE

लागू औषधसहित बर्दियामा दुई जना पक्राउ

बर्दिया : बर्दियामा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका ११ गणेशपुरबाट  चार सय ४० ग्राम ब्राउन सुगर सहित उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं २ संगम बस्ती बस्ने ३५ वर्षीय विकास वि.क., गुलरिया नगरपालिका वडा नं ४ बेलौली बस्ने ३० वर्षका अनिल गोडिया पक्राउ परेका छन् । गणेशपुर स्थित पक्की सडकमा शङ्कास्पद तरिकाले हिँडिरहेको समयमा चेकजाँच गर्दा उनीहरूको साथबाट कालो प्लाष्टिकमा बेरेको अवस्थामा लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र  शाहीले बताए । 

उनका अनुसार उनीहरूलाई अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया