नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल भारत नाकाबाट ठुलो परिमाणको अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै गरेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरदेवारा खटाएको टोलिले लागु औषध ब्राउ सुगर सहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका विशालसंगबाट ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । नेपालगञ्ज नाकामा बरामद भएको यो परिमाण ठुलो भएको एक प्रहरी अधिकारीले बताए ।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने ब्राउन सुगरसहित १ जना पक्राउ परेको पुष्टि गरेपनि ब्राउन सुगरको तौल भने आइनसकेको बताए । उनले पेपर हटाएर डिजिटल तराजुमा जोख्ने काम भइरहेको जानकारी दिए ।
अहमद भारतमा बसेर नेपालीहरुलाई बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनले नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै गरेको गोप्य सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले असई नवीनकुमार शाहीसहित टोलीलाई परिचालन गरेको थियो ।
पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार