डोटी : इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको छ । डडेलधुराको भागेश्वर गाउँपालिका–५ रूपाल घर भएका ३६ वर्षीय पालीको बुधबार बिहान मृत्यु भएको हो ।
ड्युटीमै रहेका बेला ०३ः१५ बजे एक्कासी छाती दुखेर बेहोस भएपछि उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिक पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।
प्रादेशिक अस्पतालमा उपचारका क्रममा पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए । पालीको मृत्युको कारण पोष्टमार्टम रिर्पोट आएपछि मात्रै थाहा हुने उनले बताए ।
2025-01-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार