बर्दिया : ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन ९ जना प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल हस्तान्तरण गरेको छ । विद्यालयको प्रयोजनका लागि उक्त मोटरसाइकल माविका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।
शिक्षकको मनोबल उच्च राख्न र थप जिम्मेवारी बोध हुने भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर तिलक लम्सालले बताए । पहिलो चरणमा मावि र त्यसपछि निमावि र प्राविका प्रधानाध्याकलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।
यसअघि प्रहरीलाई पनि तीन वटा मोटरसाइकल हस्तान्तरण गरिएको थियो । नगरको शान्ति सुरक्षामा खटिने प्रहरीलाई सहज होस् भन्ने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर लम्सालले बताए ।
2025-08-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार