नेपालगञ्ज : बाँकेमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
आज विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ कटिलिया मोडमा भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का करीब ३५ वर्षीय बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफैंले ट्याक्टर चलाएका थिए ।
खेतमा रहेको धान लिन गएको बेला तीब्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको हो । मृतक बाबुराम वडा अध्यक्ष प्रशुराम कुर्मीका छोरा हुन् ।
2024-11-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार