Listen LIVE

नरैनापरका अग्निपीडितलाई राहत सामग्री प्रदान

नेपालगञ्ज : बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ ।

नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको हो ।

नरैनापुरमा गत मङ्गलबार आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया