बर्दिया : लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट दुई जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ पडरियाका २२ वर्षीय आकाशबहादुर मगर र २८ वर्षीय देवसिंह ठकुरी रहेका छन् । दुवै जना भारतीय बलईगाउँ बजारबाट शङ्कास्पद रूपमा नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनाले लुकाइछिपाई राखेको १ ग्राम लागू औषध ब्राउन सुगर फेला परेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिएका छन् ।
2025-07-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार