नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–१, बाँकेका वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक व्यवहार गर्न खोजेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पीडितले आर्थिक सहायता माग्न रियाजसँग सम्पर्क गरेकी थिइन्। तर, रियाजले सहयोगको बहानामा उनलाई बैशाख ८ गते कट्कुइया नजिकैको एकान्त स्थानमा लगे । त्यहाँ उनले अनुचित व्यवहार गर्न खोजेको र संवेदनशील अंगमा हात लगाएर जबरजस्ती गर्ने प्रयास गरेको पीडितको बयान छ ।
2025-06-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार