Listen LIVE

स्कुल बसको ठक्करबाट युवकको मृत्यु

दाङ : स्कुल बसले ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । दाङ, देउखुरीस्थित राप्ती गाउँपालिका–८ बिजौरीका ३१ वर्षीय किशन शाहीको मृत्यु भएको हो । उनी सवार रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई दाङको बिजौरीमा रा १क १४१८ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो ।

ठक्कर दिने स्कुल बस लालमटियास्थित गोरखा माविको हो । स्कुल बसको ठक्करबाट शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मृतक शाही भारतीय सेनामा कार्यरत थिए । उनी केही दिनअघि मात्रै घर बिदामा आएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट शाहीको मृत्यु भएपछि आक्रोशित स्थानीयले मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया