नेपालगञ्ज : बाँके र बर्दियाबाट लागुऔषधसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले बाँकेको नेपालगञ्जबाट ७ सय ८० ट्याब्लेट नाईट्राजेपामसहित २५ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
नेपालगञ्ज–२० राँझा चोकबाट राँझा प्रहरी बिटले जुम्लाको सिँजा गाउँपालिका–७ का २५ वर्षीय नवीन तिवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
त्यसैगरी बर्दिया प्रहरीले बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ८ सय मिलिग्राम ब्राउनसुगर सहित बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश वलीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ गरेका दुबै जनासँग सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार