Listen LIVE

बाँकेका २ कन्स्ट्रक्शन र ३ सप्लायर्स कालोसूचिमा

नेपालगञ्ज : बाँकेका २ कन्स्ट्रक्शन र ३ सप्लायर्स कम्पनी कालोसूचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखेको हो ।

नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाण्डौको सिफारिसमा कोहलपुरका–१० का श्री के.आर. कन्स्ट्रक्शनलाई २ वर्ष कालोसूचीमा राखिएको छ । यस्तै श्री बराहताल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कुनाथरी, सुर्खेतको सिफारिसमा बाँकेको जानकी गाउँपालिका ४ को श्री हार्दिक कन्स्ट्रक्शनलाई १ वर्ष, भेरी अस्पताल, नेपालगञ्जको सिफारिसमा नेपालगञ्जको जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, नेपालगञ्ज १० को रिना ट्रेडर्स एण्ड जनरल सप्लायर्स र बाँकेको डुडुवा गाउँपालिका–०१ को सविना जनरल एण्ड अर्डर सप्लायर्सलाई १–१ वर्ष कालोसूचीमा राखिएको छ ।

बाँकेका कन्स्ट्रक्शन र सप्लायर्ससहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका हुन् ।

प्रतिक्रिया