Listen LIVE

चिडिमार बालबालिकालाई कपडा वितरण

नेपालगञ्ज : अल्पसंख्यक समुदाय चिडिमारका बालबालिकालाई कपडा वितरण गरिएको छ ।

मरियम फाउन्डेसन, काठमाडौंको आयोजना र लालीगुँरास फेन्सी केयर, नेपालगञ्जको सहआयोजनामा नेपालगञ्ज–१२, बेलासपुरमा बस्ने ५३ जना चिडिमार समुदायका बालबालिकालाई कपडा वितरण गरिएको हो ।

हजरत मोहम्मद मुस्तफा सल्लल्लाह ताला अलैही वसल्लमको १५०० जन्म दिनको अवसरमा अल्पसंख्यक चिडिमार समुदायका बालबालिकालाई कपडा वितरण गरिएको अध्यक्ष रुविनी अन्सारीले बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन खानको उपस्थितिमा बहेलिया चिडिमार समाजका अध्यक्ष रामु चिडिमारलगायतले कपडा वितरण गरेको सल्लाहकार दिनेश ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया