चितवन : चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ स्थित पूर्व–पश्चिम राजमार्गको खहरे पुलमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन् ।
धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी शनिबार बिहान सवा १० बजेतिर ठोक्किँदा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको चितवनस्थित भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर सरकारी अस्पतालमा मृत्यु हुनेहरूमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी १८।१९ र २४।२५ वर्षीया दुई महिला, २२।२३ वर्षका पुरुष, ३०।३५ वर्षीया गर्भवती महिला र ३५।४० वर्षका पुरुष रहेका छन् ।
दुर्घटनास्थलमा दुवै सवारी साधन रहेकाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले क्रेनको सहायताले बाटो खुलाउने प्रयास गरिरहेको र डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार