Listen LIVE

आजदेखि सरकारी कार्यालय बेलुका ४ बजे बन्द हुने

नेपालगञ्ज : आजदेखि सरकारी कार्यालय बेलुका ४ बन्द हुनेछन् । भाइटीकाको भोलिपल्ट अर्थात सोमबारसम्म सरकारी बिदा दिइएकाले आजबाट सरकारी खुलेसँगै बेलुका ४ बजे कार्यालय बन्द हुनेछन् ।

बिहान १० बजेदेखि कार्यालय खुल्ने र  कार्यालय खुल्ने समय एक घण्टा छोट्टिएको हो  । गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् । जाडोका दिन छोटो हुने हुँदा कार्यालय समय एक घन्टा छोटो बनाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया