Listen LIVE

दैलेखी समाजद्वारा आयोजित कार्यक्रममा ६५ जनाले गरे रक्तदान

नेपालगञ्ज : “रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पुरा गरौ ”भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिक उत्सवका अवसरमा आज नेपालगञ्जमा बृहद् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दैलेखी समाज बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ । ६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गरे । उनले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताए । पछिल्नो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उनले विश्वास समेत ब्यक्त गरे ।

प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज बाँकेले रक्तदान गरेर सेवा शुभारम्भ गरेको प्रादेशिक रक्तसंचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले अन्य संस्थाहरुले पनि नियमितरुपमा नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गर्न सक्ने बताए ।  

कार्यक्रममा दैलेखी समाज बाँकेका बरिष्ठ उपाध्यक्ष डिल बहादुर थापा ,सचिव गणेश बहादुर खड्का, संस्थापक सदस्य हरी बहादुर बिष्ट, जनप्रतिनिधी, नेपाल रेडक्रश सोसाइटी बाँकेका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवीलगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको दैलेखी समाज बाँकेका अध्यक्ष गिरीले जानकारी दिए । 

दैलेखी समाज बाँकेको १७ गते बार्षिक उत्सव मनाउने कार्यक्रम रहेकाले सोही दिनसम्मै रक्तदान गर्न इच्छुकले रक्तादान गर्न सक्ने पनि गिरीले बताए । उनका अनुसार भोली पनि आज रक्तादान भएकै स्थानमा रक्तादान गर्न इच्छुकहरुको उपस्थिती रहने छ । 

यसैबिच आज बेलुका बागेश्वरी मन्दिरमा आरती प्रज्वलनसंगै विरुवा वितरणको कार्यक्रम समेत तय गरिएको छ ।

प्रतिक्रिया