बर्दिया : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरिगाउँ चिसापानी सडक खण्डको बलाती भन्ने स्थानमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गराएका छन् ।
मानव वन्यजन्तु न्यूनीकरणका लागि दिगो समाधान खोज्नुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध गरेको स्थानीयवासीले जनाएका छन् । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरू ठप्प भएका छन् । सडक सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको छ ।
यता सडक अवरुद्ध खुलाउनका लागि स्थानीयसँग वार्ता गरि सडक खुलाउने प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, प्रशासन र स्थानीयवासी बिच वार्ता गरि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
गएराती ठाकुर बाबा नगरपालिका वडा नं २ बलातीका ७१ वर्षीय बोलीराम थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । रातीको समयमा घर छेउको खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएपछि धपाउन बाहिर निस्किएका थारूलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार