Listen LIVE

कोहलपुरमा मृत भेटिएका ब्यक्तिको पहिचान खुल्यो

कोहलपुर (बाँके) : कोहलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । कोहलपुर नगरपालिका १२ दाउनाचोक स्थित दलित सामुदायिक वनको पछाडी शनिबार बिहान एक ब्यक्ती मृत अवस्थामा भेटिएका हुन । सुरुमा उनको पहिचान नखुलेपछि ईलाका प्रहरी कार्यालय कोहलपुरले सामाजिक संजालमार्फत उनको तस्बिर सार्वजनिक गरेको थियो ।

तस्बिर सार्वजनिक भएको केही घण्टा भित्रै मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उनको पहिचान खुलेको छ । भेटिएको शव सल्यान छ्त्रेश्वरी गाउपालिका वडा नं. ६ राणा गाउँका नरनाथ योगीको रहेको प्रहरीले जनाएको छ । अन्दाजी ५२ वर्षिय योगीको मृत्युको के कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया