नेपालगञ्ज : स्वास्थ्य क्षेत्रमा करोडौंको जग्गा दान गरेकी दानवीर स्व. औतारदेई कशौधन (चौधराइन) को १५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
स्वर्गीय चौधराइनको स्मृति दिवसको सन्दर्भमा भेरी अस्पतालमा उनको योगदानको बारेमा चर्चा गर्दै स्मरण गरिएको हो ।
भेरी अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण गर्दै प्रवचनसहित विरामीलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो ।
स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै चौधराइन सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजना गरेको थियो ।
स्वः चौधराईनले भेरी अस्पतालसँगै महेन्द्र बहुमुखी क्याम्पस, नारायण मावी, जिल्ला स्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर उदाहरणिय बनेकी थिइन् ।
डा पंकज गुप्ताद्वारा सञ्चालन गरिएको कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादु शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, प्रतिष्ठानका अध्यक्ष रमारानी वैश्य लगायतले स्वास्थ्य सेवाको बृहत्तर विकासका लागि औतारदेइको योगदान अन्त्यन्तै अतुलनीय रहेको बताए ।
सोही अवसरमा अस्पतालका दुई सय ५० विरामीलाई फलफूल वितरण गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष समृति दिवसमा कार्यक्रम गर्दै आएको छ ।
वि.सं. १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार