नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागारबाट ३ जना कैदी भागेका छन् । सोमबार बिहान करिब ९ बजे कारागारबाट ३ जना कैदी भागेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । भागेका कैदीहरूको खोजीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।
कैदी भागेसँगै जिल्लास्थित सुरक्षा अधिकारीहरू नौबस्ता कारागारमा पुगेका छन् । फरार हुनेहरूमा बाँके खजुराका एक, दाङका एक र प्यूठान घर भएका एक कैदी रहेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
2024-11-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार