नेपालगञ्ज : प्रहरीले नेपालगञ्जबाट अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याइएको स्टिल गिलास प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट बरामद गरेको हो ।
वडा प्रहरी कार्यालयबाट खटिएको टोलिले ७६ वटा स्टिल गिलासका डब्बामा रहेको १५२ पिस गिलास बरामद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए ।
करिब ७६ हजार मूल्य बराबरको वेवारिसे अवस्थामा पेला परेको गिलास आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको बमले बताए ।
2025-09-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार