दाङ : दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत फेला परेका छन् । लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए । खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।
गाईबाखा चराउन गएका गोठालाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2025-02-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार