नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले थारुहरूको परम्परागत कला संस्कृति संरक्षण गर्ने र थारू संग्राहलय निर्माण गर्ने बताएकी छन् ।
बरघर प्रणाली संरक्षण, प्रवर्द्धन र विकास गर्न गाउँपालिकाले बनाएको विधेयक २०८१ को पूर्णरुपमा कार्यान्वयन गराउन ३६ बरघर सङ्गठित भएपछि उपाध्यक्ष रोकायले बरघरहरुसंग छलफल गर्दै थारुहरूको पहिचान हुने गरी आफ्ना गतिविधि गर्न आग्रह गरिन् । उनले आगामी हुने कार्यक्रममा विभिन्न आत्मनिर्भरका तालिम समेत सञ्चालन गर्ने गरी योजनाहरूको प्रस्ताव पेश गर्न अनुरोध गरिन् ।
‘कला, सांस्कृतिक, रीतिरिवाज, चालचलन, भेषभूषालाई संरक्षण गर्न पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
बैजनाथ गाउँपालिका बरघर समितिका अध्यक्ष चन्द्र बहादुर चौधरीले सबै वडामा समिति गठन भइसकेको बताउँदै बरघर ऐन, नियम कानून पालिकाले २०८० माघ १८ गते पालिकाको राजपत्रमा समेत प्रकाशन गरिसकेकोले कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार