नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको पचपोखराबाट क्याप्सुलसहित ठूलो मात्रामा भारतबाट नेपाल ल्याउदै गरेको एक लाख ३६ हजार ५ सय २३ रुपैयाँको लागुऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म जमुनाहा बाँकेका सशस्त्र प्रहरी नायब उपरीक्षक युवराज खड्काको टोलीले जानकी गाँउपालिका वडा नम्वर १ पचपोखरा नजिक बाट लागुऔषध र प्रतिबन्धित औषधि पक्राउ गरेको बताए । उनका अनुसार बरामद भएका लागुऔषध तथा प्रतिबन्धित औषधिहरुमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक हजार दुई सय थान, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन तिन सय थान रहेका छन् ।
सशस्त्र प्रहरीले लागुऔषध र प्रतिबन्धित औषधिका साथै ६ पेटी टायल र एउटा स्कृटी समेत बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए । सशस्त्र प्रहरीलले सूचना पाएको आधारमा भारत बाट नेपाल ल्याउदै गरेको लागुऔषध र प्रतिबन्धित औषधि फेला पारेको हो, उनले भने लागुऔषध लिएर आउदै गरेको व्यति हामीहरुलाई देख्ने बितिकै स्टकृर छाडेर भागेको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए । बरामद सामग्रीको अन्दाजी मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको खड्काले बताए ।
बरामद भएका प्रतिबन्धित औषधिको कारबाहीका लागि औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको र विभागले नै थप कानुनी कारबाही अघि बढाउने सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार