Listen LIVE

गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालगञ्ज : गाईसँग मोटरसाइकल ठोक्किँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

जिल्लास्थित वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षीय महेश पौडेलको कालिन्चोकमा गाईसँग ठोक्किँएर मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । 

भे.५ प. ४०४२ नम्बरको मोटरसाइकलमा सवार पौडेल सोमबार साँझ ६ बजे गाईसँग ठोक्किँएर गम्भीर घाइते भएका थिए । उनलाई प्रदेश अस्पताल कालागाउँ लगिए पनि उपचारका क्रममा राति ८ बजे नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया