काठमाण्डौ : ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांक अनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
घाइते भएर अस्पताल पुर्याइएकामध्ये सिभिल अस्पतालमा दुई जना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरका चिकित्सक डा.दिपेन्द्र पाण्डेका अनुसार २५ जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको छ ।
मेडिकल कलेजमा उपचारमा रहेका दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सक नारायण दाहालले जानकारी दिए । उनका अनुसार घाइते थपिने क्रम चलिरहेको छ ।
2025-09-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार