Listen LIVE

सशस्त्र प्रहरी निकाल्यो ५० फिट गहिराइबाट पोख्रेलको शव

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ । 

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले ५८ वर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव बाहिर निकालेको बताए । 

पोख्रेल बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट समेत खोजी कार्यका लागि टोली परिचालन गरिएको उनले जानकारी दिए । सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया