Listen LIVE

हरित अभियान्ता हेमन्तलाई सागरमाथा श्रष्टा सम्मान

नेपालगञ्ज : हरियो रुख लगाउ भनेर अभियान चलाएका कपास बिकास समितिका निर्वतमान अध्यक्ष हेमन्तराज काफ्लेलाई सागरमाथा श्रष्टासम्मानबाट सम्मानित गरिएको छ । 

नेपालगञ्ज–१९ का काफ्ले बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने अभियान सञ्चालन गर्दै आएका छन् । 

कविता, गित, नाटक, लेख रचनाहरु पनि रुचि राख्दैआएका हेमन्तले बास ब्राईटल्यान्ड अवार्ड, बनपैदावारको राष्ट्रिय सम्मान, समरस्ता ईन्टर्नेशनल अवार्ड एभरेस्ट कलाईमेट ईन्टर्नेस्नल अवार्ड, भारतबाट ट्री मेन अवार्ड र लुम्बिनी बिश्व शान्ति मंचको शान्ति हरित सम्मान प्राप्त गरिसकेका उनको सितलचिनी जागरण अभियान लोभलाग्दो छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, पुर्ब राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, प्रदेश ५ का पुर्बमुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली, पुर्बमन्त्री महेश्वर गहतराज, पुर्बमन्त्री मोहम्मद ईस्तियाक राई, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण शाक्य, बरिष्ठ गीतकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिएका छन् । उनले रुखप्रति सबैको माया बढोस् भनेर यसरी बिरुवा दिने गरेको बताए । 

काफ्लेको निरन्तर लगनशीलता उनको उच्च मुल्यांकन गर्दै र उनको साहित्यको क्षेत्रमा प्रेरणा मिलोस् भनेर सगरमाथा साहित्य प्रतिष्ठानले सो सम्मान प्रदान गरेको जनाएको छ । काफ्लेसंगै हरिभक्त सिग्देल, डा. रेणुका सोलु, मानन्धर आभागी र ज्योति जंगललाई सम्मान गरिएको अध्यक्ष बुद्धिबल श्रेष्ठले बताए । 

प्राध्यापक डा.रामप्रसाद ज्ञवालीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया