Listen LIVE

दैलेखमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दैलेख : दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलबार राति भैरवी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । भैरबी गाउँपालिका–६ तीजडाँडादेखि भैरबी गाँउपालिकातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका सहचालक भैरवी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ ।

प्रतिक्रिया