Listen LIVE

बर्दियामा दुई सय लिटर अवैध पेट्रोल बरामद

बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध रुपले हुने पेट्रोलियम पदार्थको बिक्रीबितरणविरुद्ध अपरेसन चलाएको छ।

बर्दिया प्रहरीले  पानीको बोतल र ग्यालिनमा भरेर अनाधिकृत रुपमा पेट्रोलियम पदार्थ बिक्रीबितरण भइरहेको जनगुनासो आउँदै गर्दा केहीदिन अघिदेखि थालिएको अपरेसनमा ठुलो परिमाणमा झण्डै २ सय लिटर पेट्रोल बरामद गरेको हो।

जिल्लाका धेरैजसो स्थानमा बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा पेट्रोल बिक्रीबितरण रोक्न विभिन्न स्थानबाट प्रहरीले १ सय ९७ .५ लिटर पेट्रोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीले बरामद गरेको उक्त ठुलो परिमाणको पेट्रोललाई आबश्यक कारबाहीका लागि नेपाल आयल निगम नेपालगञ्ज पठाएको जनाएको छ भने अब आइन्दा अवैध रुपले पेट्रोल नबेच्न सम्बन्धितलाई सचेत समेत गराएको छ।

प्रतिक्रिया