Listen LIVE

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ । 

फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उहाँका अनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निमार्ण गर्न नसकेका परिवारलाई  वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो । 

पालिकाको वडा नं. १ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिए । पालिकाले बाढी तथा डुबान पिडितहरुको लागि विभिन्न स्थानमा आश्रयस्थल निमार्ण गरेको छ । 

पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया