नेपालगञ्ज : बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम बर्दियाको गुलरियामा सुरु भएको छ ।
क्लब र जनसेवा केन्द्रले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
शिक्षामा सूचना प्रबिधिलाइ जोड दिदै शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै बिद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको सो तालिममा बर्दियाका सात पालिकाका ३० जना शिक्षकको सहभागिता रहेको छ
बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गर्नुभएको थियो भने सहभागीलाई स्वागत मन्तब्य राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेलले गरेक थिए ।
तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य थापाले अहिलेको सूचना र प्रविधिको युगमा सूचना प्रविधिकै माध्यमबाट शिक्षकहरुले शिक्षण गर्दा बाल बालिकामा रुची बढ्नुका साथै सिकाइ उपलब्धिमा समेत सहयोग पुग्ने बताए ।
साथै उहाँले संस्थाले बर्दिया जिल्लामा सञ्चालन गरेका परियोजनाहरुका बारेमा समेत जानकारी गराए ।
तालिमको पहिलो दिनमा शिक्षामा सूचना प्रबिधिको प्रयोग र यसको महत्व, शिक्षण सिकाई प्रक्रियामा प्रविधिको कसरी उचित प्रयोग गर्ने लगायतका विषयमा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रशिक्षक क्रितिराज ढकालले सहजीकरण गरेक थिए ।
सो तालिमको उदघाटन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर र कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले परियोजनाका बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै तालिममा बढी भन्दा बढी प्रविधिका कुरा सिक्न आग्रह गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार