नेपालगञ्ज : बाँकेको खजुरा–६ स्थित गिजरा सामुदायिक वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि सो क्षेत्रका स्थानीय बान्दा अझै चितुवाको त्रासमा छन् । चितुवाले घरमा आएर मानवीय क्षति पु¥याउन थालेपछि खजुरा–६ सिमलघारीका स्थानीय त्रसित भएका हुन् ।
स्थानीय गिजरा सामुदायिक वनबाट चितुवाले बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीयमा डर र त्रास बढ्दै गएको जनाइएको छ । मानखोला पारी बर्दिया जिल्लातर्फ ठूलो जङ्गल रहेकाले राति चितुवा लगायतका जङ्गली जनावर मानव बस्तीमा आउने गरेका खजुरा–६ का वडाध्यक्ष फारुख शेषले बताएए । जङ्गली जनावरका कारण स्थानीयवासी एक्लै हिँडडुल गर्न, घरायसी काममा निस्कन, दाउँरा, घाँस गर्नसमेत डराउनुपर्ने स्थिति आएको उनले उल्लेख गरे ।
गिजरा वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि स्थानीयको त्रास नघटेको वडा अध्यक्ष शेषको भनाइ छ । गत भदौमा सो क्षेत्रकी एक बालिकाको चितुवाले ज्यान लिएपछि डिभिजन वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिन खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो । घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेको स्थानीय विनोद शाहीले बताए ।
“चितुवाले यसअघि पनि पटकपटक खोरमा राखेका बाख्रा तान्ने गरेको थियो, अहिले मान्छे तान्न थाल्यो”, उनले भने, “घरको आँगनमा खेल्दै गरेकी बालिकालाई चितुवाले लगेपछि असुरक्षा बढेको छ ।”
खोजतलासका क्रममा हालसम्म दुई चितुवा खोरमा परेका डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए । सामुदायिक वनमा अझै पनि चितुवा देखिएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।
गत असोज १८ गते र २५ गते दुई चितुवा नियन्त्रणमा लिई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए । उनका अनुसार चितुवालाई नियन्त्रणमा लिन असोज १ गतेदेखि वन क्षेत्रमा तीन वटा फलामको खोर र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार