बाजुरा : आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी भएकी छन् ।
जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसइई परीक्षामा सहभागी भएकी हुन् ।
२० बर्षीया सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका वडा नम्बर–१ स्थित सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् ।
दुई दिनकी सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका स्थित कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसइई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताए ।
प्रमुख जोशीका अनुसार दुई दिनकी सुत्केरी ल्वारलाई घरबाट गाडीमा ल्याएर सहजरुपमा एसइई परीक्षा दिने वातावरण मिलाइएको छ ।
2025-03-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार