Listen LIVE

पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा शर्माको अग्रता कायमै

नेपालगञ्ज (डेस्क) : नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता कायम गरेकी छन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन् । 

हालसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सकिएको छ । यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा गठबन्धनका उम्मेदवार गिरी निर्वाचित सार्वजनिक परिणाम अनुसार शर्माले ३ हजार ९२ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार २७४ मत प्राप्त गरेका छन् । 

यद्यपि, केन्द्रिय निर्वाचन समितिले मत परिणाम एकैपटक दिने भनेको छ । प्रदेशगत रुपमा प्राप्त मत गन्दा शर्माले आठ सय बढी मतले अग्रता कायम राखेकी छन् । निर्वाचन समितिका अनुसार कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रिय पदाधिकारीका लागि खसेको मतगणना जारी छ । 

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार छन् । 

पत्रकार महासंघ बाँकेको अध्यक्षमा तीन जनाबीच प्रतिस्प्रर्धा महासंघको वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं प्रतिस्पर्धामा छन् । 

उपाध्यक्ष महिलामा शर्मा प्यानलबाट नितु पण्डित र विष्ट प्यानलबाट गंगा पौडेल उम्मेदवार छन् । समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिदप्रसाद बागचन्द र विष्ट प्यानलबाट सुभाषप्रसाद साहले प्रतिस्पर्धा गरिरहेका छन् । 

पत्रकार महासंघ बाँकेको अध्यक्षमा ५ जनाको उम्मेदवारी महासचिवमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी उम्मेदवार छन् । कोषाध्यक्षमा विष्ट प्यानलबाट रामकृष्ण अधिकारी र शर्मा प्यानलबाट रामकृष्ण ज्ञवालीको प्रतिस्पर्धा छ ।

प्रतिक्रिया