दाङ : दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी निवासी मधु क्षेष्ठका १६ वर्षीया छोरा किशोर श्रेष्ठ रहेका छन् ।
बुधबार बिहान सवा १० बजेको समयमा आफ्नै घरमा दीपावलीको लागि लगाइएको बत्ती निकाल्ने क्रममा किशोरलाई एक्कासी बायाँ हात र दायाँ खुट्टामा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका किशोरलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले ११ बजेको समयमा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
2024-11-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार