यदुराज मिश्र/नेपालगञ्ज : बाँकेमा राखिएका दुर्गा देवीको मूर्ति बिसर्जन गरिँदैछ । घटस्थापनाका दिनदेखि गाउँ गाउँ, चोक चौराह र विभिन्न मन्दिर प्राङ्गणमा स्थापना गरिएका दुर्गा देवीको मूर्ति शुक्रवार बिसर्जन गर्न लागिएको हो ।
बाँकेमा राखिएका दुर्गा देवीको मूर्ति धुमधामका साथ राप्ती नदीको सिधनिया घाटमा बिसर्जन गर्ने भक्तजनहरुको तयारी छ ।
घटस्थापनादेखि दुर्गा देवीको मूर्ति राखिएको ठाउँमा पुरोहितद्वारा नवरात्रभर विधिवतरुपमा पूजापाठ गरिएको थियो । घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा देवीको मूर्तिको साँझ, बिहान र दिउँसो पूजाआजा, आरती र भजन किर्तन गर्ने भक्तजनहरुको घुइचो लाग्ने गरेको थियो ।
नवरात्रमा स्थापना गरिएको दुर्गा माताको मूर्तिले गाउँघरमा चहल पहल रहेको डुडुवा गाउँपालिका वडा नं.६ हिरमिनियाका कृपाराम मौर्यले बताए । ‘नवरात्रभर ‘जय माता दी’ले गाउँघर गुन्जायमान बनेको थियो,’ उनले भने, ‘चारैतिर पूजाआजा गर्ने भक्तजनहरुको घुँइचो देखिन्थ्यो, आज विभिन्न ठाउँमा राखिएका दुर्गा माताको मूर्ति बिर्सजनपछि गाउँघर सुनसान हुनेछ ।’
दुर्गा देवीको मूर्ति विर्सजनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार