पश्चिम नवलपरासी : बर्दघाटमा कुखुरा फर्ममा आगलागी हुँदा पाँच हजार सात सय कुखुरा जलेर नष्ट भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा बुधबार राति आगलागी भएको हो ।
आगलागीबाट कुखुरा चल्ला ४५ सय र बिक्री गर्ने तयारीमा रहेका कुखुरा १२ सय गरी ५७ सय कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए । आगलागीबाट दस लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगो बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने फर्म सञ्चालक ईमामुद्दिन अन्सारीले बताए ।
2025-06-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार